घिलिङ गाउँको नामबाट सन्चालित यो परियोजनामा जम्मा ६४ वटा घरको वरिपरि पानि निकाशको निर्माण गर्ने लक्ष्य रहेको थियो । 

नेपालको हिमालपरिको जिल्लाको उपल्लो मुस्ताङको लोघेकार गा.पा.को वडा नं. २ को घिलिङ गाउँ समुन्द्री सतहदेखि ३५०० मि. को उचाईमा रहेको हिमाली गाउँ हो । वरिपरि हिमालले घेरेको यो गाउँमा जमिनमुनीको पानीले गर्दा घरका जगहरु हिउँदमा १-२ फिटसम्म उठ्ने गरेको र घरहरु चर्कने, भत्कने समस्या रहेको थियो  । प्रत्येक वर्ष नै घरहरु पुन निर्मान गर्नु पर्ने र जसबाट यो गाउको ल्होवाहरुले धेरै समस्या भोग्नुपरेको पाईन्छ । आर्थिक अभावको कारणले गर्दा कतिपय परिवारले जोखिमपुर्ण अवस्थामै बस्नु पर्ने अर्को कहाली लाग्दो अवस्था थियो ।

हिमाली आदिवासी समाज नेपालले Leon Associate, LLC. USA को सहयोगमा मिति २०७५/०८/१३ बाट Ghiling Drainage System Construction(One Village Project)  सन्चालन गरेको थियो । परियोजना अन्तरगत यो आर्थिक वर्षमा जम्मा ३१ वटा घर १४ वटा घरको वरिपरि पानिको निकास (Drainage System) निर्मान गरिएको थियो । यो परियोजनाबाट प्रत्यक्ष रुपमा ६० जनाले प्रत्यक्ष लाभ पाएका छन भने अप्रत्यक्ष रुपमा सबै गाउलेहरु(२४०) साथै अरुहरुले पनि लाभ पाएका छन् ।  बाँकी घरहरु आबा ०७६/७७ मा निर्मान गरिनेछ । 

घरको वरिपरि पानिको निकास (Drainage System) निर्मान भएपछि स्थनिय गाउँले, जो वडा अध्यक्ष पनि हुनुहुन्छ,  प्रतिक्रिया:

जबदेखि मेरो घरको पछाडिबाट पानि निकाल्ने काम भयो, मेरो घरको कोठाहरु एकदम सुख्खा भयो । हिउँद महिनामा फुलेर पनि आएन । घरमुनिबाट पानि आउथ्यो तर योपाली वन्द भयो । म एकदम खुशी छु र सुरक्षित महसुस गरेको छु ।