Mission and Visions
 

हिमाली आदिवासी समाज (हिज नेपाल) Himalayan Indigenous Society Nepal(HIS Nepal) एक मुनाफारहित गैरसरकारी, गैर राजनिकतिक र विसुद्ध सामाजिक संस्था हो । यसको स्थापना २०६५ सालमा भएको हो । काठमाडौ जिल्ला प्रशासन कार्यलयमा दर्ता भई समाज कल्याण परिषदमा आवद्ध यो संस्था आदवासि जनजाति गैरसरकारी संस्था महासंघ(NGO FONIN) समेत आवद्ध रहेको छ । यो संस्थाले सिमान्तकृत वर्गलाई केन्द्रमा राखेर सबै खाले विभेद रहित रुपान्तरित समाजको स्थापनाको परिकल्पना सहित स्थापना भएको हो । नेपालमा जातिय, लैङगिक, धार्मिक, भाषिक तथा क्षेत्रिय विभेद कायमै रहेको वर्तमान अवस्थामा त्यस्ता विभेदहरुको अन्त्यको लागी नेपालका विभिन्न आदिवासी जनजाति तथा अल्पसंख्यक भाषा समुदायको ससक्तिकरणको माध्यमद्वरा राष्ट्रको विकासमा टेवा महत्वपुर्ण भूमिका खेलेको छ । 

अल्पसंख्यक भाषा समुदायको ससक्तिकरणको बोलीचाली मात्र प्रयोगमा रहेका मातृभाषाहुरको पनि यसको लेख्‍य रूपमा कमै रहेको छ। यसमा पनि कति भाषाहरू भाषा समुदायकै मानिस वर्ण विकास र प्रवर्धनको माध्यमबाट उनिहरुको भाषिक आधिकारको सुनिश्चितताको लागी पनि समाजले आफ्ना कार्यक्रमहरु गर्दै आईरहेको छ ।

परिकल्पना

विभेद रहितको रुपान्तरित समाज

ध्येय

पुर्ण रुपान्तरित जिवन यापनको लागि समुदायसंग साझेदारीता गरी उनिहरुलाई विभेदका चक्रहरुलाई तोडने कार्यमा ससक्तिकरण गर्दै आदिवासी/जनजाती भाषा समुदायको सेवा गर्ने ।

मान्यता

  • परिवर्तनको शुरु आफुबाट गर्नु पर्छ ।
  • एक अर्कामा सम्मान र समझदारी ।
  • समता र निष्पक्षता, लैंगिङ समान्ता र सामाजिक न्याय । 
  • समावेशी पारदर्शिता र सहभागिता ।
  •  ईमान्दारीता, स्व–आलोचना, स्व–मुल्याँङ्‍कन

Regd. No:199/065/066 

SWC AFF. No 25811

PAN 303014508

Location